प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमको वर्षा, ७४ को मृत्यु (भिडियो)


३० बैशाख २०७८, बिहीबार
cc6724f77b87ea4ddd05edec787765ec w1000 h500 cp

काठमाडौं, ३० बैसाख । प्यालेस्टाइनको इजरेल विरोधी समूह हमास र इजरेलबीच युद्धको खतरा बढेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । हमासले इजरेलको तेल अभिभ लगायतका क्षेत्रमा सयौं क्षेप्यास्त्र हानेको छ भने इजरेलले हमासको अखडा मानिएको गाजा क्षेत्रमा क्षेप्यास्त्र हानेको छ । सोमबार रातिदेखि सुरुवात भएको यस द्वन्द्वमा परेर हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ ।

बीबीसीका अनुसार प्यालेस्टाइन पट्टी १४ बालबालिकासहित ६७ जना र इजरेलको ७ जनाको मृत्यु भएको हो । इजरेलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन् । उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ । इजरेली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३७४ मानिसलाई गिरफ्तार गरिएको छ । ३६ प्रहरी घाइते भएको बताइएको छ ।

a704d36f517047f1ac49db2f75c199d9 18

कसरी शुरु भयो विवाद ?
जेरुसलेमका प्यालेस्टाइनी तथा मुस्लिम नागरिकलाई त्यहाँका यहुदी समुदायले लखेट्न खोजेको भन्दै शुरुवातमा त्यहाँ विवाद भएको हो । जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानको पवित्र धार्मिकस्थल मानिन्छ । प्यालेस्टाइनका नागरिकलाई मस्जिदमा प्रवेश गर्न नदिएपछि हिंसा शुरुवात भएको बताइएको छ ।

त्यहाँ शुरुवात भएको संघर्षमा इजरेली प्रहरीले अधिकांश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलतर्फ हालै क्षेप्यास्त्र हानेको थियो । त्यसको प्रतिकार गर्दै इजरेलले प्यालेस्टाइनको गाजा क्षेत्रमा आक्रमण गर्दा १३ तले भवन समेत भत्किएको छ ।
इजरेलको आक्रमणपछि १३ तले भवन यसरी भत्कियो (भिडिओ)


इजरेलको हवाई हमलामा आफ्ना वरिष्ठ कमाण्डर मारिएको भन्दै हमासले तेल अभिभतर्फ एकै पटक सयभन्दा बढी रकेट बम प्रहार गरेका थिए । तर हमासले हानेको सबै क्षेप्यास्त्र इजरेलको भूमिमा खसेन । यदि ती सबै क्षेप्यास्त्र इजरेलमा खसेको भए त्यहाँका शहरहरु केही सेकेन्डमै ध्वस्त हुने त्यहाँका स्थानीय बताउँछन् ।

9969e1eed48324581b186ae8bdd9ed12 w1000 h500 cp

इजरेली सेनाले हमासले हानेको क्षेप्यास्त्रलाई रोक्न एन्टी–मिसाइल प्रहार गरेका थिए । जसका कारण त्यो मिसाइल तल भुइँमा खस्न पाएन आकाशमै असफल बनाइए । सो क्रममा इजरेलतर्फ ७ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ भने ६७ जनाको ज्यान गएको छ ।
मस्जिद विवाद

सन् १९६७ को युद्धमा इजरेलले पूर्वी जेरुसलेम आफ्नो नियन्त्रणमा लिएको छ । अहिले इजरेलले जेरुसलेमलाई आफ्नो राजधानी मान्छ । तर प्यालेस्टानसहित अन्तर्राष्ट्रिय समुदायले इजरेलको समर्थन गर्दैनन् । प्यालेस्टाइन पूर्वी जेरुसलेमलाई एउटा स्वतन्त्र मुलुकको राजधानीको रुपमा हेर्छ ।

पछिल्लो समय इजरेलका यहुदी समुदायले त्यहाँका मुस्लिम प्यालेस्टाइनी नागरिकलाई हटाउन खोजेपछि विवाद भएको छ । सन् २०१६ को अक्टोबरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत साँस्कृतिक शाखा युनेस्कोको कार्यकारी बोर्डले एउटा प्रस्ताव पारित गर्दै जेरुसलेमको अल–अक्सा मस्जिदमा यहुदीको दाबी नभएको उल्लेख गरेको थियो ।
इजरेलले यसरी रोक्यो हमासको रकेट हमला (भिडिओ)

युनेस्कोको कार्यकारी समितिले पनि यो प्रस्तावलाई पास गरेको थियो । सो प्रस्तावमा अल–अक्सा मस्जिदमा मुसलमानको अधिकार भएको र यहुदीसँग त्यसको कुनै सम्बन्ध नभएको जनाइएको थियो ।

57514409 401

सो मस्जिद छेउमै यहुदीको टेम्पल माउन्ट मन्दिर छ । यहुदीले सो मन्दिरलाई महत्वपूर्ण धार्मिकस्थल मान्छन् । मस्जिद वरपरका क्षेत्रमा दुवै पक्षको दाबी हुँदा विवाद समाधान भएको छैन । हालै मस्जिदको स्पिकर ठूलो भएको भन्दै त्यहाँ हिंसा मच्चिएको थियो । यदिबेला भने प्यालेस्टाइनका नागरिकलाई त्यहाँ प्रवेश निषेध नै गरिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७