तेस्रो त्रैमासिकमा टेलिकमको खुद मुनाफा बढ्यो


३० बैशाख २०७८, बिहीबार
nepal telicom

काठमाडौं, ३० बैशाख । नेपाल टेलिकमको त्रैमाासिक खुद मुनाफा बढेको छ ।

टेलिकमले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको तृतीय त्रैमासिक अवधिमा टेलिकमको मुनाफा ८२ करोड ३४ लाख ५२ हजार ३ सय ७० रुपैयाँले वृद्धि भई २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ रुपैयाँ पुगेको हो।

चालू आवकै पहिलो त्रैमासिकमा टेलिकमको खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ रुपैयाँ र दोस्रो त्रैमासिकमा १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ रहेको थियो। कम्पनीको गत आवको तृतीय त्रैमासिकसम्मको खुद मुनाफा भने ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार ३ सय ८० रहेकोमा चालू आवको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार नौ सय नौ रुपैयाँ मात्रै रहेको छ।

यस्तै, चालू आवको प्रथम र द्वितीय त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ र ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ रहेकोमा चालू आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवाबापतको आय द्वितीय त्रैमासिकको भन्दा ६३ करोड ६८ लाख ६५ हजार ९ सय ९७ रुपैयाँ अर्थात् ७ प्रतिशतले वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ रहेको टेलिकमले जनाएको छ।

गत आवको तृतीय त्रैमासिकसम्मको कुल सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रहेकोमा चालू आवको सोही अवधिमा कुल सेवाबापतको आयमा २।२९ प्रतिशतले वृद्धि भई २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार ९ सय ६१ रुपैयाँ रहेको छ।

गत आवको तृतीय त्रैमासिक अवधिमा टेलिकमको कुल सेवाबापतको आय ८ अर्ब ७९ करोड ७० लाख ६९ हजार १ सय ८३ रुपैयाँ रहेकोमा चालू आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवाबापतको आय ९२ करोड ९३ लाख ७० हजार २ सय ७६ ले वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ रहेको छ।

त्यस्तै, गत आवको तृतीय त्रैमासिकसम्म ३२ अर्ब २७ करोड २३ लाख २३ हजार ४६ रुपैयाँ रहेको टेलिकमको कुल आय चालू आवको सोही अवधिमा ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार ९ सय ३७ रुपैयाँमा समेटिएको छ।

कोरोना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको अवस्थामा कम्पनीको व्यवसायमा पनि असर देखिएको टेलिकमले जनाएको छ।

समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मतसम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोरजीरएफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७