अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री दिने


३० बैशाख २०७८, बिहीबार
USA

काठमाडौं, ३० बैसाख । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।

सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ । योसँगै नेपालमा युएसएड समेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७