हेटौंडा अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु


३० बैशाख २०७८, बिहीबार
korona covid 19 1 scaled
फाइल फोटो

हेटौंडा, ३० बैसाख । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका दुई जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा– ७ का ८७ वर्षीय पुरुष र हेटौंडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।

हेटौंडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौंडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौंडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उनीहरु केही दिनअघि संक्रमणका कारण विरामी भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७