नेपाल आइडलका टप थ्रीलाई जापानले पत्याएनन्


१३ फाल्गुन २०७४, आईतवार
nepal idol top three

काठमाडौं:  नेपाल आइडलका टप थ्रीलाई जापान आउन नपाउने भएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले आयोजना गरेको ‘हिमालय ल्होसार नाइटल’ कार्यक्रममा उनीहरू आउन नसक्ने भएको हो ।

nepal idol top three
फाइल तस्बिर

नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप प्रताप दास, सेकेण्ड रनअरअप निशान भट्टराईलाई निमन्त्रणा गरिएको थियो । तर, जापान सरकारले भिजा नदिएपछि उनीहरू जाने कार्यक्रम स्थगित भएको छ । कलाकारको भिसामा समस्या देखिएपछि अन्तिममा आएर गर्नुपरेको आयोजकले बताएका छन् । तर, आयोजक एनआरएनए जापानले भने समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको विज्ञप्तिमा भनेका छन् । आपत्कालीन राहतकोष (जापानमा बस्ने नेपालीहरूमा भइपरी आउँदा खर्च गरिने कोष) अभिवृद्धिका लागि हुने भनिएको कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि समय अभाव भएको भन्दै आयोजकले कार्यक्रम स्थगन गर्न परेको विज्ञप्तिमा भनेको छ ।

कार्यक्रममा मोडल एलिशा राई साथै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, पनि जापान आउने तयारीमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७