ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन, एक मात्र विकल्प विद्रोह : रामकुमारी झाँक्री


३० बैशाख २०७८, बिहीबार
ram kumari jhakri

काठमाडौं, ३० बैसाख । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चपलीमा वार्ता चलिरहेका बेला नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ नरहेको बताएकी छिन् ।

पार्टी फुटको घडीमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भइरहेको वेला झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो सबै हुँदै छ । ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ । सचेत बनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७