माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बस्दै


३० बैशाख २०७८, बिहीबार
maobadi kendra

काठमाडौं, ३० बैसाख । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७