ओलीसँगको ४ घण्टा वार्तापछि माधव नेपालले भने : तत्काललाई सांसदको राजीनामा टर्‍योे


३० बैशाख २०७८, बिहीबार
kp oli madhav

काठमाडौं, ३० बैसाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको ४ घण्टा लामो भेटवार्ता सकिएको छ ।

ओली र नेपालबीच बिहिबार दिउँसो चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता भएको हाे । बिहीबार वार्तापछि बरिष्ठ नेता नेपालले सांसदहरूको सामूहिक राजीनामा तत्काललाई टरेको बताए । भने, ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो ।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट आफूहरुले दिने भनिएको राजीनामा दुई चार दिनलाई टरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि उनले यस्तो बताएका हुन् । उनले पार्टी विवाद मिल्ने दिशातिर गएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७