कोरोनाबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन


३० बैशाख २०७८, बिहीबार
a844a33a103c32ecfb6915098f584dba w1000 h500 cp

काठमाडौं, ३० बैसाख । कोरोना भाइरस संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ ।
कोरोना संक्रमणपछि उपचाररत उनको बिहीबार अपराह्न निधन भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण थप जटिलता देखिएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यसअघि नै ह्याम्स अस्पतालमा भर्ना भए पनि आईसीयू बेड नपाएपछि उनलाई ६ दिन पहिले केएमसीमा सारिएको थियो ।

तर बिहीबार अपराह्न अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको महासचिव श्रेष्ठले बताएका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७