ला लिगा : रियाल मड्रिड र भियारियाल विजयी


३१ बैशाख २०७८, शुक्रबार
609da55751431.image 1

काठमाडौं, ३१ बैसाख । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले हरायो ।

रियालको जितमा लुका मोड्रिच, रोड्रिगो, करिम बेन्जमा र ओड्रियोजोलाले एक एक गोल गरे । जितसँगै रियाल मड्रिडले ला लिगा फुटबलको उपाधि सम्भावना जीवित राखेको छ ।

जारी लिगमा दुई खेल बाँकी छँदा रियाल मड्रिडको ७८ अंक छ । ८० अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ । ला लिगामै गए राति भएको अर्को खेलमा भियारियालले रियाल भालाडोलिडलाई २–० ले हराउँदा आइबार र रियाल बेटिसले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७