कोरोनाबाट बुटवलमा थप दुई जनाको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार
butwal

बुटवल, ३१ बैसाख । कोरोना भाइरस संक्रमणबाट बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा थप दुई जनाको ज्यान गएको छ ।
सैनामैना नगरपालिका–९ का ८५ वर्षीय पुरुषको बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो । उनी वैशाख १८ मा अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

अर्का बुटवल–११ का ५० वर्षीय पुरुषको राति १० बजेर ३४ मिनेटमा मृत्यु भएको हो । उनी वैशाख २७ मा भर्ना भएका थिए । दुवै जनामा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७