कोरोनाबाट १५ दिनअघि बुबाको मृत्यु, छोरा–बुहारी पनि रहेनन्


३१ बैशाख २०७८, शुक्रबार
korona death

काठमाडौं, ३१ बैसाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम पुख्र्यौली घर भई हाल काठमाडौंको कपन बस्दै आएका एकै घरका तीन सदस्यको मृत्यु भएको छ ।

कपन बस्दै आएका ३५ वर्षीय दीपक थेबेको शुक्रवार बिहान कोरोनाका कारण मृत्य भयो । उनकी ३३ वर्षीया श्रीमती रोश्तीको बिहीबार मृत्य भएको थियो । सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमका अनुसार अन्दाजी ६० वर्षीय बुबा राजकुमार थेबेको १५ दिन अघि मृत्यु भएको थियो ।

गौतमका अनुसार छोरा दीपक बिरामी भई अचेत अवस्थामा अस्पतालमा भर्ना भएकै बेला बाबु राजकुमारको मृत्यु भएको थियो । १५ दिन अघि बाबु, एक दिन अघि श्रीमती र भोलिपल्ट श्रीमानको मृत्युको यो घटनाले सबैलाइ स्तब्ध बनाएको छ ।
रंगनाथको मृत्यु पनि कोरानाबाटै

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका उपाध्यक्ष रंगनाथ भट्टराईको समेत कोरोनै कारण ज्यान गएको छ । भट्टराईको उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रवार बिहान निधन भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७