ओली–नेपाल संवाद एमालेका लागि महत्वपूर्ण घटना : वामदेव गौतम


३१ बैशाख २०७८, शुक्रबार
bamdev gautaam

काठमाडौं, ३१ बैसाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवाद एमालेका लागि महत्वपूर्ण घटना भएको बताएका छन् । उनले हिजोको दुई नेताबीचको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन् ।

उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

‘पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनु भएकोमा हार्दिक बधाई दिन्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७