ओली–नेपाल मिले पनि मेरो उम्मेदवारीप्रति प्रतिवद्ध छु : खिमलाल


३१ बैशाख २०७८, शुक्रबार
Badal khimlal

काठमाडौं, ३१ बैसाख । वागमती प्रदेश अन्तर्गत जेठ ६ गते हुने राष्ट्रिय सभाका उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेद्वारीप्रति प्रविवद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका साझा उमेदवार बनेका देवकोटाले उम्मेदवारी फिर्ता गर्ने कुरा कल्पना बाहिरको भएको पनि बताएका छन् । उनले ओली–नेपालबीच सहमति भए पनि आफ्नो उम्मेद्वारी यथावत रहेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल मिल्ने संकेत देखिएपछि उनले यस्तो बताएका हुन् । ‘निष्ठा र इमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले मप्रति गर्नु भएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनु पर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ’, उनले फेसबुकमा लेखेका छन् ।

‘नेकपा एमालेका नेता कार्यकर्तालगायत सबै राजनीतिक दलहरुले मप्रति पूर्ण विश्वास र सदभाव राखेको अवस्थामा मेरो उम्मेदवारीप्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु’, उनले लेखेका छन् । वागमती प्रदेशमा हुने निर्वाचनमा एमालेले नेता रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ । वागमतीमा एमाले एक भए गठबन्धको उम्मेदवार जित्ने सम्भावना छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७