कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा माधव नेपाल


३१ बैशाख २०७८, शुक्रबार
madhav kumar nepal 3 scaled

काठमाडौं, ३१ बैसाख । केपी शर्मा ओलीसँग सहमति गर्दै ‘केहि दिनका लागि सांसदको राजीनामा टरेको’ बताएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विवाद निरुपणका लागि बनाइने कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा उभिएका छन् ।

बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो ।

पार्टीको विवाद समाधानका लागि कार्यदल बन्ने क्रममा रहेको छ । अझै कार्यदलको टुंगो लागिनसकेको नेताहरु बताउँछन् । तर, कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा नेपाल रहेको उनी पक्षका नेता जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँ कार्यदलले तीन दिनभित्र काम सक्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ’, श्रेष्ठले भने ।

हिजोको सहमतीसँगै ओली–नेपाल पक्षबीचको विवाद तत्कालका लागि साम्य भएको छ । ओली २०७५ जेठ २ अनुसार पार्टी संरचना व्यूँताउन तयार भएपछि दुई नेताबीच सहमति जुटेको हो । तर, नेपाल पक्षका कतिपय नेताहरु यो सम्झौताप्रति सन्तुष्टि देखिएका छैनन् । उनीहरुले उधारो सहमति भएको टिप्पणी गरिरहेका छन् ।

कतिले ओलीले प्रधानमन्त्री बन्नका लागि नेपाल–खनाल पक्षलाई थामथुम पार्न रणनीति मात्र भएको प्रतिक्रिया दिइरहेका छन् । ओलीले आज प्रधानमन्त्रीको सपथ लिंदै मन्त्रिमण्डल गर्न गर्न लागिरहेका बेला नेता नेपालले भने आज आफू पक्षका केन्द्रीय सदस्यहरुसँग भर्चुअल वैठक गर्दै हिजो गरिएको सहमतिबारे जानकारी गराउँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७