ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्रीको सपथ, ओलीको मन्त्रिमण्डलमा पुरानै अनुहार


३१ बैशाख २०७८, शुक्रबार
cabinet BvL2bRF5N9

काठमाडौं, ३१ बैसाख । केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । आज (शुक्रबार) शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् ।

नव नियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समूह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।

ishwor pokhrel sapath
शपथ ग्रहण गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल

त्यस्तै राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाएकी छिन् । नेपाल र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतोलाई विस्तारै मन्त्रिमण्डलमा सामेल गर्दै जाने योजना ओलीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७