पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज


३१ बैशाख २०७८, शुक्रबार
Komal Shaha

काठमाडौं, ३१ बैसाख । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना भाइरस संक्रमण भएपछि काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपरान्ह् ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमण भई २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणा समेत डिस्चार्ज भएका हुन् ।

कोमललाई अक्सिजनको हाई फ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाट समेत उनको उपचार गरिएको थियो । निरन्तरको उपचारले अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७