गण्डकीमा एकै दिन २३ संक्रमितको मृत्यु, ६८० नयाँ संक्रमित थपिए


३१ बैशाख २०७८, शुक्रबार
korona covid scaled

पोखरा, ३१ बैसाख । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एकै दिन थप २३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका १० जना रहेका छन् । त्यस्तै स्याङजाका ६, बागलुङ र तनहुँका ३–३ तथा पाल्पाका एक जनाको पनि मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार छोटो अवधिमै सबैभन्दा बढी संख्यामा ज्यान गुमेको यो नै पहिलो हो । निर्देशनालका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार प्रदेशमा अब कोरोनाले ज्यान गुमाउनेको संख्या ३४१ पुगेको छ । पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको शर्माले बताए ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १,७५८ जनाको परीक्षण गर्दा ६८० जना नयाँ संक्रमित पुष्टि भएका छन् । यो अवधिमा ४३१ जना संक्रमित निको भएका छन् । सबैभन्दा बढी ३०६ जना संक्रमित कास्कीमा थपिएका छन् । प्रदेशको कास्कीमा मात्र सबैभन्दा बढी ३६ सय ३० जना सक्रिय संक्रमित रहेको निर्देशनालयले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७