राजनीतिक ‘कोर्स करेक्सन’ भएन, थप गिजोलियो : उपेन्द्र यादव


३१ बैशाख २०७८, शुक्रबार
Upendra Yadav

काठमाडौं, ३१ बैसाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पछिल्ले राजनीतिक घटनाले ‘कोर्स करेक्सन’ हुनु भन्दा थप गिजोलिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया व्यक्त गरेका हुन् ।

आज (शुक्रबार) संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड–१९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरु मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरुको हात भन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए । प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चिता र अन्यौलतातर्फ लैजाने खालका भएको दाबी उनले गरे ।

उनले भने, ‘राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरुमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७