जसपामा ठाकुर पक्षले राजेन्द्र महतोलाई चुन्यो संसदीय दलको नेता


३१ बैशाख २०७८, शुक्रबार
rajendra mahato
फाइल फोटो

काठमाडौं, ३१ बैसाख । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ ।
शुक्रबार २० जना सांसदहरुबीच बसेको बैठकले महतोलाई संसदीय दलको नेता बनाउने निर्णय भएको जसपाका एक नेताले जानकारी दिएका छन् ।

अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरिएको हो । आजको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई सहभागी नगराइएको स्रोतको दाबी छ ।

महतोलाई दलको नेता बनाएको निर्णयलाई ठाकुर पक्षले भोलि पार्टी कार्यालयमा दर्ता गराउने तयारी गरेको छ । यससँगै महतो अब केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने पक्का भएको छ । महतोले ठाकुरसँग पावर सेयरिङ हुनुपर्ने माग राख्दै आइरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७