६,१३५ संक्रमित निको, ८,५२० नयाँ थपिए, २०३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ३,३४९ संक्रमित


३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं, ३१ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा ८,५२० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६,१३५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजार ४७८ वटा नमुनाको परीक्षण गरिएकोमा ८,५२० जनाको नतिजा पोजिटिभ आएको हो । नेपालमा अहिले एक लाख ७,३३६ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३,३४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २,४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जना नयाँ संक्रमित थपिएका हुन् । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४,६६९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७