ओली–नेपालबीच सिंहदरबारमा वार्ता शुरु


३१ बैशाख २०७८, शुक्रबार
barta

काठमाडौं, ३१ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । बैठकका लागि नेपाल पक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । यस्तै ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत सहभागी छन् ।

ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो । बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो ।

madhav nepal
ओलीसँग वार्ताका लागि सिंहदरबार प्रवेश गर्दै वरिष्ठ नेता नेपाल

बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । २०७५ जेठ २ अघि फर्कन ओली तयार भएको बताइएको छ । आज (शुक्रबार) को वार्ताबाट कार्यदल बनाउने लगायतबारे छलफल हुने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७