एमाले वार्ता : २०७५ जेठ २ मा फर्किन अध्यक्ष ओली सहमत


३१ बैशाख २०७८, शुक्रबार
barta

काठमाडौं, ३१ बैशाख । बिभाजनको डिलमा पुगेको सत्तारुढ दल नेकपा (एमाले) मा दुर्घटनाबाट बच्ने निश्चित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको माग अडान अनुसार अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ २ अवस्थामा फर्काउन तयार भएपछि एमाले विवाद सहमति उन्मुख भएको हो ।

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष र वरिष्ठ नेपालबीच भएको वार्तापछि आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार भएको वार्तामा पनि अध्यक्ष ओली २०७५ जेठ २ मा फर्किएर पार्टी भित्र देखापरेका समस्याको समाधान तयार भएका हुन् । आज(शुक्रबार)कोा वार्तामा २०७५ जेठ २ मा फर्किएर पार्टी भित्र देखापरेका समस्याको समाधान खोज्ने सहमती भएको सचिव गोकर्ण विष्टले बताए ।

एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई जिम्मा दिएको छ ।वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल थिए । नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा स्थित क्याटेन रामेश्वर थापाको नीजि निवासमा भएको चार घन्टा लामो छलफलमा अध्यक्ष ओली फागुन २८ को निर्णय सच्चाएर २०७५ जेठ २ गतेबाट पार्टी कमिटी क्रियाशिल बनाउन तयार भएपछि सहमतिको लागि वाताबरण तयार भएको हो ।

२०७७ ओलीले २८ फागुनमा नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने गरी जिम्मेवारी हेरफेर गर्दै नेता नेपालसहित चार नेतालाई कारबाही गरेका थिए । वरिष्ठ नेता नेपाल समूहले २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटी फर्काउनु पर्ने २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्नुपर्ने माग सहित समानन्तर गतिबिधिमा सक्रिय थिए ।

बिहीबार बिहान एमालेको स्थायी कमिटीले वरिष्ठ नेता नेपाल सहित नेपाल समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय लिएको थियो । कारबाही फिर्ता भएपछि बैठकबाटै ओलीले नेपाललाई फोन गरेर छलफलका लागि प्रस्ताव गरेका थिए ।

यसअघि वरिष्ठ नेता नेपालले २६ बैशाख २०७८ मा अध्यक्ष ओलीलाई पत्र लेख्दै पार्टी एकता कायम राख्न आग्रह गरेका थिए । नेता नेपालले पार्टी एकताको लागि अपिल गर्दै ६ बूँदे प्रस्ताव पठाएका छन् । बिभाजनको अन्तिम अवस्थामा पुगेको एमालेको एकता कायम राख्न आग्रह सहित वरिष्ठ नेता नेपालले २६ बैशाखको मध्यराती अध्यक्ष ओलीलाई पत्र लेखेका थिए ।

पत्रमा पार्टी एकताको लागि वरिष्ठ नेता नेपालले ६ बूँदे प्रस्ताव समेत राखेका थिए। वरिष्ठ नेता नेपालले २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउनु पर्ने प्रमुख प्रस्ताव राखेका छन् । वरिष्ठ नेता नेपालको यो प्रस्तावमा ओली सहमत भएपछि अवस्था सकारात्मक बनेको हो ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन्। उक्त समय बिहीबार ९आज० राति ९ बजे सकिन लागेको छ ।

२७ बैशाखमा वरिष्ठ नेता नेपाल निकट २८ सांसदहरु अनुपस्थित भएका थिए । धारा ७६ को उपधारा २ बमोजिम सरकार निर्माण प्रक्रिया अघि बढिरहेको बेला बरिष्ठ नेता नेपाल समूहका २८ सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका थिए । योसँगै दुई नेता छलफलमा जुटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७