म्यान्चेस्टर सिटी विजयी


१ जेष्ठ २०७८, शनिबार
manchester city

काठमाडौं, १ जेठ । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले न्यकासल युनाईटेडलाई ४–३ ले हराएको छ । न्युकासलको मैदानमा गए राति भएको सनसनीपूर्ण खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फेरान टोरेसले ह्याट्रिक गरे । यसै गरी हुँवा क्यान्सेलोले एक गोल थपे ।

न्युकासलका लागि एमिले क्राफ्ट, जोएलिङ्टन र जो विलकले एक–एक गोल गरे । प्रिमियर लिगको उपाधि जितेपछि म्यान्चेस्टर सिटीको यो पहिलो खेल हो । जितसँगै सिटीले ३६ खेलबाट ८३ अंक जोडेको छ । न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७