प्रधानमन्त्री ओलीले ‘छिद्रान्वेषी’ बनेर राष्ट्रपतिको अवज्ञा गरे : बाबुराम भट्टराई


१ जेष्ठ २०७८, शनिबार

काठमाडौं, १ जेठ । पूर्व प्रधानमन्त्री समेत रहेका राजपाका नेता डा.बाबुराम भट्टराईले शपथ ग्रहणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुकूलको आचारण नदेखाएको आरोप लगाएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन् । हिजो (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएको केही शब्द उच्चारण गर्न अस्वीकार गरेका थिए ।

kp oli auc6D0FdaU

राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै ‘ …सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु…’ भन्ने वाक्य पढिरहँदा ओलीले ‘त्यो पर्दैन…’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शव्द दोहोर्‍याउन अस्वीकार गरेका थिए ।

‘यतिबेला छिद्रान्वेषी बन्नु उपयुक्त हैन । तर पूर्व प्रमको नाताले भन्नै पर्छ प्रधानमन्त्री केपी ओलीले शपथ ग्रहणको क्रममा गरेको आचरण गरिमामय पद अनुकूल भएन,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पहिलो, ‘प्रतिज्ञा गर्छु’ भन्ने पदावली शपथ ग्रहणको मुख्य अंश हो, ‘त्यो पर्दैन’ भन्न मिल्दैन ! दोस्रो, राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न मिल्दैन !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७