फिल्म ‘गाँजा बाजा’को ‘रिगीपिटी’ आयो (भिडियोसहित)


१३ फाल्गुन २०७४, आईतवार
gajabaja

काठमाडौं, १३ फागुन । प्रदर्शनमा आउन लागेको फिल्म ‘गाँजा बाजा’को गीत सार्वजनिक भएको छ । ‘रिगीपिटी…’ बोललको रमाइलो गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा निख एण्ड जटाको सङ्गीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको छ । gajabaja

गीतमा फिल्मका लिड कलाकार द्वय अनुपम शर्मा र शुशील सिटौलालाई प्रस्तुत गरिएको छ ।
यही फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक हुन लागेको फिल्म गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय छ ।

फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।

https://www.youtube.com/watch?v=XBxf-LP8MQA

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७