कोरोनाबाट रौतहटमा एक स्वास्थ्यकर्मीसहित तीनको मृत्यु


१ जेष्ठ २०७८, शनिबार
korona death

रौतहट, १ जेठ । रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् ।

कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा ४८ बर्षीय उनको गए राति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए । त्यसअघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो ।

यसैगरी कोरोनाकै कारण चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सिडियो यादवले बताए । यसका साथै रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७