‘केहि दिन महामारी नियन्त्रणलाई दिनुस्, जनता बचाउन तपाईको साथमा उभिन्छौं’ (भिडियो)


१ जेष्ठ २०७८, शनिबार
kp oli gagan thapa

काठमाडौं, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महामारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन् ।

पुनः प्रधानमन्त्रीमा नियुक्त भएर महामारी नियन्त्रणको सेनापती भएको बताउँदै उनले यथार्थलाई स्वीकारेर कोरोना नियन्त्रणमा लाग्न सुझाव दिएका छन् । आज (शनिबार) एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘कामनाले मात्र सम्भव छैन काम चाहिएको छ, प्रार्थनाले मात्र सम्भव छैन प्रयत्न चाहिएको छ ।’

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने हो भने सरकारलाई सफल बनाउन आफू लाग्ने उनको भनाई छ । ‘तपाईका समर्थक त तपाईसँगै छन् । तर तपाई महामारीमा जुधिरहेका नेपालीहरुको जीवन जोगाउन लाग्ने हो भने नदीको अर्को किनारामा होइन तपाईलाई सहयोग गरिरहेको पाउनु हुनेछ । तपाईको सरकारलाई सहयोग गरिरहेको पाउनु हुनेछ’, उनले भनेका छन् ।

नेता थापाले केही दिन पार्टीभित्रको विवाद मिलाउन, थर्काउन, फकाउन, फुटाउन छोडेर पुरा ध्यान कोरोना नियन्त्रणमा लगाउन आग्रह गरेका छन् । ‘केही दिन सभा, सम्मेलन उद्घाटन छोडिदिनुस् । यथार्थलाई स्वीकार्नुस् केही दिन मन महामारी नियन्त्रणमा लगाउनुस्’, थापाले भनेका छन् । सबै मिलेर यो समयमा जीवनबाट आशा मरेकाहरुलाई जीवन दिने प्रयास गर्न आवश्यक भएको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७