उपेन्द्र पक्षको बैठक चल्दै गर्दा महन्थ ठाकुरले निकाले आपति जनाउँदै यस्तो विज्ञप्ति


१ जेष्ठ २०७८, शनिबार
Upendra mahantha

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुको बैठकप्रति महन्थ ठाकुरले आपत्ति जनाएका छन् । उनले पार्टी कार्यालयमा अहिले कार्यकारिणी समितिको बैठक बसिरहेको भन्ने खरबप्रति गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।

जसपाको पार्टी कार्यालयमा बालकुमारीमा यादव पक्षका सांसद तथा कार्यकारिणी सदस्यहरुको बैठक चलिरहेका बेला ठाकुरले विज्ञप्ति जारी गर्दै बैठकबारे आफूहरुलाई थाहा नभएको बताएका छन् । साथै उनले पार्टीले कुनै बैठक पनि नबोलाएको दावी गरेका छन् ।
ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार सांसदलाई कारवाही गरिएको थियो ।

70d8aace 776d 41f0 a1bf c8dc97652b22

सोही बहुमतका आधारमा कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो । तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् ।

तर चार जना सांसदले दुवैतिर हस्ताक्षर गरेका छन् । त्यसैले संसदीय दलको बहुमत कसको पक्षमा छ भने कुरा छुट्याउन गाह्रो रहेको बताइन्छ । काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी पूर्वमन्त्री समेत रहेका यादव पक्षका सांसद मोहमद इस्तियाक राईले दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७