आमा नभएकी १३ वर्षीया बालिकामाथि बलात्कार, दुई जना पक्राउ


१ जेष्ठ २०७८, शनिबार
Rape for nayapage

पाल्पा, १ जेठ । पाल्पामा १३ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् । जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्रबहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बैशाख ३० गते जबरजस्ती करणी गरेको जाहेरी आएकाले दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । प्रहरी स्रोतका अनुसार ती बालिकाको आमा छैनन् । ती दुई जना पुरुषहरुले अलग–अलग समयमा ती बालिकालाई बलात्कार गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७