कोरोनाबाट गण्डकीमा थप १४ जनाकाे मृत्यू


१ जेष्ठ २०७८, शनिबार
korona death 1

पोखरा, १ जेठ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप १४ जनाको ज्यान गएको छ । शुक्रबार र शनिबार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ती संक्रमितको ज्यान गएको हो ।

म्याग्दीको बेनी नगरपालिका–५ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने तनहुँ भीमाद नगरपालिका–५ की २२ वर्षीया महिला, पर्वत जलजला गाउँपालिका–४ का ५५ वर्षीय पुरुष र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको प्रतिष्ठानमै निधन भयो । पोखरा–२ की ३९ वर्षीया महिला, पर्वत कुश्मा नगरपालिका–१४ की ५२ वर्षीया महिला र पोखरा–१४ का ५२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भयो ।

गोरखाको शहीद लखन गाउँपालिका–४ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भयो । पोखरा–१४ का ४९ वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका–६ का ७८ वर्षीय पुरुष र पोखरा–१४ का ४५ वर्षीय पुरुष, पर्वत फलेबास नगरपालिका–५ कि ५२ वर्षीय महिलाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । पोखरा–८ का ४२ वर्षीय पुरुष संक्रमितले संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा ज्यान गुमाए । पोखरा–३० का ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमा निधन भयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरणअनुसार गण्डकीम कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ । २४ घण्टामा १ हजार ३ सय ४२ जनामा भएको पीसीआर परीक्षणमध्ये ७ सय ७० मा कोरोना संक्रमण देखिएको छ । ३ सयजना संक्रमणमुक्त भएका छन् । प्रदेशमा रहेका ७ हजार ७ सय १५ सक्रिय संक्रमितमध्ये ७ हजार ६ सय २ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७