५,४५५ जना कोरोना संक्रमित निको, ८,१६७ नयाँ थपिए, १८७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २,९३७ संक्रमित


१ जेष्ठ २०७८, शनिबार
korona

काठमाडौं, १ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ५,४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८,१६७ जना संक्रमित थपिएका छन् । पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका हुन् ।

1 3

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,९३७ कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २,१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८,१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४,८५६ जनाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७