काठमाडौं एनएसएल बन्यो च्याम्पियन : हात पार्‍यो ३५ लाख, धनगढी सिटी १–० गोलले स्तब्ध


१ जेष्ठ २०७८, शनिबार
thumb 7

काठमाडौं, १ जेठ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ । आज (शनिबार) भएको खेलमा काठमाडौंले धनगढी एफसीलाई १–० गोल गर्दै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले धनगढीलाई १–० ले पराजित गर्‍यो । धनगढीलाई जित दिलाउन मोसोउके ओलोओमुले निर्णायक गोल गरेका छन् । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । विशाल श्रेष्ठको क्रस पासमा उनले गोल गरेका हुन् ।

खेलको २९ औं मिनेटमा ओलोओमोउले डी बक्स नजिकबाट हानेको फ्रिकिक बल आउट भएको थियो । धनगढीका लागि खेलको ३४ औं मिनेटमा डिफेन्डर फ्यान्किल टालाले कर्नरबाट आएको बल डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन ।

खेलको इन्ज्युरी समायमा काठमाडौंका इस्टिफिन बिनोगनले वान टु वान लिएको बललाई ६ यार्ड नजिकबाट हाने पनि गोल गर्न सकेनन् । ५२ औं मिनेटमा धनगढीका निशान खड्काकाले कर्नरबाट हानेको पास सोजन राईको खुट्टामा लागेर गएको थियो । खेलको ५४औं मिनेटमा धनगढीका निशान लिम्बूले हानेको क्रस पास विशाल राईले डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन ।
उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता धनगढीले १५ लाख पाएको छ ।

भिडियाे

https://youtu.be/TLaa4YxPlq4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७