२०७८ जेठ २ गते आइतबारको तपाईको राशिफल


२ जेष्ठ २०७८, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । शुभ अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेटघाट रहनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अधुरो कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खानपिन र मनोरञ्जनमा अभिरुची बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्त र प्रिय व्यक्तिसँग भेटघाट होला । शुभकार्यको योजना बन्ने छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धूमपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अरुलाई प्रभावित पारेर काम बन्न सक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७