आमालाई ढुङ्गाले हानेपछि छोराले गरे बञ्चरो प्रहार गरी बाबुको हत्या


२ जेष्ठ २०७८, आईतवार

दैलेख, २ जेठ । दैलेखको डुंगेश्वर गाउँपालिकामा एक युवाले आफ्नै बाबुको बञ्चारो प्रहार गरी हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ का २१ वर्षीय विकास बुढाले ४७ वर्षीय आफ्ना बुबा नकुल बुढाको हत्या गरेका हुन् ।

बुवाले आमालाई ढुङ्गाले हानेको बदलामा छोराले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । ‘बुबाले आमालाई कुटपिट गरेको आक्रोशमा छोराले बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले भने ।

बुवाको हत्यामा संलग्न छोरालाई प्रहरीले पक्राउ गरेको छ । पतिले आफ्नी पत्नीलाई किन कुटपिट गरेका हुन् भन्ने चाहीं खुलेको छैन । घटनाको थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक सुनारले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७