भारतमा कोरोना संक्रमण दर घट्दै, मृत्युदर भने अझै दैनिक ४ हजार हाराहारी


२ जेष्ठ २०७८, आईतवार
India Corona

नयाँदिल्ली, २ जेठ । भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना भाइरस संक्रमण दर ओरालो लाग्दै गएको छ । यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर विस्तारै ओरालो लाग्न थालेको संकेत गरेको छ ।

पछिल्लो एक साताको अवस्थालाई हेर्दा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९ दशमलव ५ प्रतिशतलाई कोरोना देखिएको छ ।

जबकी अघिल्लो साता त्यो दर २२ दशमलब ४ प्रतिशत थियो । मे ८ मा भारतभर ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने हिजो त्यो संख्या ३ लाख ५४ हजारमा झरेको छ ।

संक्रमितहरुको मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ । भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ । तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७