भक्तपुरमा युवकको शव फेला


२ जेष्ठ २०७८, आईतवार
death

भक्तपुर, २ जेठ । भक्तपुरमा एक युवकको शव फेला परेको छ । शनिबार साँझ चागुँनारायण नगरपालिका–६ स्थित बालवन वालखोलमा करिव ३० वर्षीय युवकको शव फेला परेको हो ।

शव कसको भन्ने पहिचान हुन नसकेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए । शव पोष्टमार्टमको लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ ।

प्रहरीले शव पहिचानका लागि हुलिया सार्वजनिक गर्दै आग्रह गरेको छ । गहुँगोरो बर्ण, उचाई ५ फिट ८ इन्च, मझौला शरिर भएको, दाहिने हातको बुढी औला र चोरी औलाको बिचमा ॐ लेखिएको ट्याटु, बाँया खुट्टाको पिडौलादेखि बाँया खुट्टाको कान्छी औला सम्म पुरानो खत रहेको, छोटो कपाल दाह्री पालेको, अन्दाजी ३० बर्षको पुरुष रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७