वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीकाे निधन


२ जेष्ठ २०७८, आईतवार
a5a91a1d9520a3d0e20e0230607d5fe9 w1000 h500 cp

काठमाडौं, २ जेठ । वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो ।

गएको १६ गते देहरादुनबाट काठमाडौं आएका उनलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएपछि उनको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने सहितका दर्जनौं लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् । कार्कीले २०७६ मा आफ्नो ८२ औं जन्मोत्सवको उपलक्षमा एकल कविता वाचन पनि गरेका थिए ।

उनका गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका छन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट उनले नेपाली चलचित्रमा प्रवेश गरेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७