हेटौंडा अस्पतालमा उपचारर चार जनाको मृत्यु


२ जेष्ठ २०७८, आईतवार
korona death

हेटौंडा, २ जेठ । मकवानपुरमा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

। काफ्लेका अनुसार, शनिबार २ जना र आइतबार विहान २ जनाको उपचारका क्रममा हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै हेटौंडा उपमहानगरपालिका निवासी रहेका छन् । मृत्यु हुनेमा हेटौंडा–१४ की ७४ र ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय पुरुष रहेको डा. काफ्लेले बताए ।

मृतक सबै जनामा कोरोना संक्रमण पुष्टि भए लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेटौंडा अस्पतालको कोभिड उपचार कक्षको आइसियु कक्षमा भर्ना भएका थिए । योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७