राजपाले चुनाव लड्ने ३० नेता छान्यो


२६ आश्विन २०७४, बिहीबार

 

काठमाडौं: लोकतान्त्रिक गबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधिसभा(संघीय संस्द) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूचि तयार पारेको छ ।RAJAPA e1503377155727

सूची तय गरिएपनि अन्तिम टुंगो भने फोरम नेपालसँग बैठक गरी लगाइने राजपाका नेताहरुले बताएका छन् । यसका लागि बिहीबार फोरम नेपालसँग राजपाले छलफल गर्नेछ । सोमबार,मंगलबार र बुधबार राजपा अध्यक्षमण्डलका सदस्यहरुले बैठक गरी पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय गरेका हुन ।आजको नगरिकमा खबर छापिएको छ ।

राजपा प्रवक्ता सन्तोष मेहताले पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय भएको जानकारी दिँदै फोरम नेपालसँगको बैठकपछि टुंगोमा पुग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७