अशक्त युवतीमाथिको बलात्कार, गाउँमै मिलाउने प्रयास


२ जेष्ठ २०७८, आईतवार
Rape for nayapage

महोत्तरी, २ जेठ । महोत्तरीको बलेवा नगरपालिका–११ मा एक शारीरिक रुपमा अशक्त युवती बलात्कृत भएकी छिन् । वैशाख २६ मा भएको सो बलात्कारको घटना गाउँमै मिलापत्र गराउने प्रयास गरिएको छ ।

२० वर्षीया युवतीलाई साँझ घरमा कोही नभएको मौकामा ३५ वर्षीय राजा उल्लाह शेषले बलात्कार गरेका थिए । हिँड्डुल तथा बोलचाल समेत गर्न नसक्ने युवतीलाई बलात्कार गर्ने निकाल टोल बस्ने आरोपी फरार छन् । बलात्कारको घटनालाई गाउँमै मिलाउनका स्थानिय पञ्चहरूले पीडित परिवारलाई दबाब दिदैँ आएको बताइएको छ । स्थानिय अगुवाको दवावका कारण पीडितले प्रहरी कार्यालयमा ढिला उजुर गरेका थिए ।

बलात्कार गरेको ४ दिनपछि मात्र प्रहरीले घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता (डिएसपी) प्रकाश विष्टले जानकारी दिए । ‘जाहेरी दर्ता गरेका छौं’ डिएसपी विष्टले भने–‘आरोपी फरार छन्, हामी खोजिरहेका छौं ।’

पीडितका परिवारले सो घटनापछि असुरक्षित महसुस भएको भन्दै जीवन रक्षाका लागि आवाज उठाउन पत्रकार र मानवअधिकारकर्मीसँग माग गरेका छन् । महोत्तरीका एसपी दिनेशकुमार आचार्यले गाउँमा छलफल भइसकेपछि मात्रै प्रहरीकहाँ जाहेरी आएको बताए । आरोपीको खोजी भइरहेको बताउँछन् एसपी आचार्य । बलात्कारपछि स्थानीय अगुवाहरुले ‘हल्ला गर्नु हुन्न’ भनेर पीडितलाई दवाव दिएको युवतीका परिवारले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७