एमाले विवाद : कार्यदल गठनबारे आज पनि ओली–नेपालबीच छलफल हुँदै


२ जेष्ठ २०७८, आईतवार
KP oli And madhav nepal 5 1536x762 2

काठमाडौं, २ जेठ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (आइतबार) पनि छलफल हुने भएको छ ।

एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्था अर्थात २०७५ साल जेठ २ मा फर्काउनुपर्ने शर्त राखिरहेका वरिष्ठ नेता नेपालसँग आज जेठ २ कै दिन ओलीले विवाद समाधानका लागि निर्णायक छलफल गर्न लागेको जनाइएको छ । गत शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । सो बैठकले कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा नेताद्धयलाई दिएको थियो ।

शुक्रबारको वार्तामा पूर्व माओवादी पक्षका रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएपछि माधव पक्ष सशंकित बनेको छ । ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अहिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ ।

बादलसहितको कार्यदल बनेपछि माधव पक्षले फागुन २८ को निर्णय मानेको अर्थ लाग्ने भएकाले त्यसमा नजान माधव नेपालमाथि दबाब छ । माधव पक्षका केन्द्रीय सदस्यहरुको जुम मिटिङमा पनि धेरैले बादलको उपस्थिति र अध्यक्ष ओलीको हिजोको शैलीप्रति आशंका गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७