नुवाकोटका संक्रमित युवाको मृत्यु


२ जेष्ठ २०७८, आईतवार
korona death

नुवाकोट, २ जेठ । कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका ३३ वर्षका युवाको निधन भएको हो ।

अस्पतालको आइसोलेशन कक्षमा उपचाररत उनको अवस्था गम्भीर हुँदै गए पनि अस्पतालमा रहेको आइसीयू शैंया खाली नहुँदा बचाउन नसकिएको अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनको आनुसार त्रिशूली अस्पतलामा कोरोना सङ्क्रमित बिरामीको चाप बढेसँगै शैंयाको अभाव देखिएको छ । अस्पतालमा रहेको छ शैंयाको आइसीयू, चार शैंयाको एचडीयूसहित तीन वटा भेन्टिलेटरमा बिरामी भर्ना गरिएको कारण शैंया पाउन समस्या छ ।

ज्यान गुमाएका युवाको बुबाआमासहित परिवारका अन्य पाँच जनालाई पनि कोरोना सङ्क्रमित भएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । यस अस्पतालमा आजको यस घटनासहित पछिल्लो चार दिनमा दैनिक एक जना सङ्क्रमितले ज्यान गुमाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७