एमाले विवाद : सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन

तीन दिनभित्र काम सक्न कार्यदललाई निर्देशन


२ जेष्ठ २०७८, आईतवार
Cpn Uml Leaders scaled

काठमाडौं, २ जेठ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज (आइतबार) सिंहदरबारमा भएको छलफलपछि ओली पक्षका सुवास नेम्वाङ र माधवकुमार नेपाल पक्षका भीम रावलको नेतृत्वमा १० सदस्यीय कार्यदलको टुंगो लगाइएको हो ।

कार्यदलमा दुवै पक्षबाट पाँच–पाँच जना सदस्य छन् । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिए ।

कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ । गएको शुक्रबार साँझ सिंहदरबारमा नै ओली र नेपालबीच भएको बैठकले ०७५ जेठ २ आसपास फर्कनका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७