अध्यादेशबाट बजेट आउँदैन : प्रधानमन्त्री


२ जेष्ठ २०७८, आईतवार
119 Shares
kp oli 20210419163111

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए ।

आज (आइतबार) पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जीवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आर्थिक वर्ष २०७८–०७९ को बजेट ल्याउने प्रक्रियामा ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताएका हुन् । संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन । यस्तो अवस्थामा बजेट पनि कसरी आउँछ भन्ने टुंगो छैन । सरकारले पनि बजेट अधिवेशन आह्वान गरिसकेको अवस्था छैन ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७