काठमाडौं उपत्यकामा थपिए दुई हजार ६०९ संक्रमित


२ जेष्ठ २०७८, आईतवार

काठमाडौं, २ जेठ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६०९ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौैंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १९ हजार ५३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा सात हजार ३६८ जनाको नतिजा पोजिटिभ आएको थियो । संक्रमितमध्ये हाल एक हजार ३१३ जना आईसीयू र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७