बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याऊ नभन्नू : स्वास्थ्य मन्त्रालय


२ जेष्ठ २०७८, आईतवार
Health 1

काठमाडौं, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैले गर्न निर्देशन दिएको छ । कतिपय अस्पतालहरूमा संक्रमितका आफन्तलाई अक्सिजन लिएर आउन भन्ने गरिएकोप्रति ध्यानाकर्षण भएको भन्दै अस्पतालले नै अक्सिजनको व्यवस्था गनुएपर्ने भन्दै मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार बोल्दै अक्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनु भनेर अनावश्यक तनाव दिन नपाइने बताए । डा. गौतमले चीन र मस्कटबाट आइतबार आएको अक्सिजन सिलिन्डर सबै प्रदेशमा क्रमशः वितरण गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७