नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५,००० नाघ्याे


२ जेष्ठ २०७८, आईतवार
korona covid 19 1 scaled
फाइल फोटो

काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुने संख्या ५,००० नाघेको छ । आइतबार थप १४५ जना संक्रमितको मृत्यु भएको सँगै नेपालको कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको हो । नेपालमा पाँच हजार एक जनाको मृत्यु भइसकेको छ ।

नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन् ।

यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ ।

२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।

त्यस्तै देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल देशभर एक लाख १० हजार २६३ सक्रिय संक्रमित आइशोलेशन र ७०१ जना क्वारेन्टाइनमा छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७