२०७८ जेठ ३ गते सोमबारको तपाईको राशिफल


३ जेष्ठ २०७८, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभ कार्यको चर्चा पनि चल्ने छ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ । नयाँ कामको योजना बन्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । शुभ र नयाँ कार्यको योजना बन्ने छ । आफन्तसँग पुनर्मिलनको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । जोश, जाँगर र हिम्मत बढ्ने छ । निर्माणको कार्य भने अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान हराउने योग छ । साँझमा आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर शेयर बजारबाट राम्रो सफलता पाईन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य समस्या बढ्न सक्छ, तर आफन्तको साथ र सहयोग पाइने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्ने छ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले विभिन्न अवसर जुराउने छ । सेवामूलक काम गरेर मान सम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७