कोरोना महामारीकै बीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कुनको मूल्य कति ?


३ जेष्ठ २०७८, सोमबार
84 Shares
petrol line

काठमाडौं, ३ जेठ । कोरोना महामारीकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु २ वृद्धि गरेको हो ।

योसँगै काठमाडौं उपत्यकाभित्र पेट्रोलको मूल्य अब १२३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै हवाइ इन्धनको ७८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ । निगमले एलपी ग्याँस र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । मूल्य बढाउँदा पनि इन्धनमा घाटा नै रहेको पनि निगमले जनाएको छ । बढेको मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७